|

काठमाडौं : आँगनको डिल र बारीमा सयपत्रीले ढकमक्क ढाकिएपछि तिहारको संकेत सुरू हुन्छ।

दशैंमा फुल्न थालेको सयपत्री तिहारमा ढकमक फुल्ने गर्दछ। यतिबेला गाउँ तथा शहरका बगैंचा तथा गमलामा फूलेका आकर्षक फूलले घर तथा आसपासको वातावरण नै मनमोहक बनाएको छ।

कतिपय किसानहरू सयपत्री फूल उत्पादन नै आफ्नो पेशा बनाउने गर्छन्। सयपत्री फूललाई तिहारमा बेचेर राम्रो कमाई हुने आशाले फूल खेती गरेछन् किसानहरू।

यतिबेला काठमाडौंका इचङु र सुन्ताखानमा तिहारका लागि सयपत्री फूल टिप्न किसानलाई भ्याइनभ्याइ छ।

नेपालमा करिब ६ सय किसिमका फूल पाइने भए पनि तिहारमा सयपत्री, गोदावरी र मखमली फूलको माग बढी हुन्छ। झन् मखमली फूलले तिहारमा विशेष महत्व राख्छ। विगतका वर्षको तुलनामा यस वर्ष तिहार केही ढिलो परेकाले फूलहरु सबैतिर ढकमक्क फुलिसकेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.