काठमाडौं : मृत्यु र समय चक्रलाई समेटेर निर्माण भएको नाटक ‘काल’ गुरुकुलमा मञ्चन भइरहेको छ।थापागाउँको आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा मंसिर १४ गते देखि मञ्चन भएको यस नाटक ३० गतेसम्म चल्नेछ।
नाटकको निर्देशन रामभजन कामतले गरेका हुन्। राजकुमार पुडासैनीको प्रकाश परिकल्पना रहेको नाटकमा सुनील पोखरेल, प्रवीण खतिवडा, चन्द्र नेपाली, नीता राई, केशव शाही, आशिष घिमिरे, अर्जुन सिवाकोटी, सन्देश कार्की, रोशनचन्द, सलिना क्षेत्री सुरभी कामतको अभिनय रहेको छ ।
सहायक निर्देशकको रुपमा सुवास तिमल्सिना रहेका छन् भने ध्वनि तथा संगीत परिकल्पना उत्सव बुढाथोकीको रहेको छ।
भेषभूषा नीता राई र सलिना क्षेत्रीको रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।