|

काठमाडौं :  आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ। नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ। 

आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो। 

आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य छन्। नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो। हवाइ असुरक्षाका कारण नेपाल कालोसूचिमा छ। युरोपियन युनियनको उडान सम्बन्धी कालोसूचीबाट नेपाल हट्न सकेको छैन्। 

नेपाल सरकारले पटक–पटक प्रयास गरे पनि युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई कालो सूचीबाट हटाउन नमानेको हो। 

युनियनले गतसाता सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली वायु सेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको छ।

युरोपियन कमिसनको टोलीले नेपालको उड्डयन सुरक्षाका विषयमा नेपाल आएर फर्किएको थियो। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.