|

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्ने बताएका छन्।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिसमेत सधैँ विवादमा परिरहने भएकाले सो परिषद्को संरचना नै सुधार गर्नुपर्ने उनको तर्क थियो। 

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशको नियुक्तिलाई सधैँ विवादमा पारेर कसरी न्यायालयबाट स्वतन्त्र र सक्षम न्याय सम्पादनको आशा गर्न सकिन्छ ? भनी प्रश्न समेत गरे। 

उनले संवैधानिक परिषद् र संसदीय सुनुवाइ समितिले पनि आफ्नो उद्देश्यअनुसार काम गर्न नसकेको बताए। 

पूर्वप्रधानन्यायाधीश कार्कीले छुट्टै संवैधानिक इजलास हुनुपर्ने प्रस्ताव पनि गरे। हाल भइरहेको संवैधानिक इजलासको कामै नभएको उनको जिकिर छ। 

पूर्वप्रधानन्यायाधीश कार्कीले आफूले संविधान निर्माण गर्ने वेला पनि छुट्टै संवैधानिक अदालतको कुरा गरेको र अहिले पनि सोही अडानमा अडिग रहेको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.