|
अल जजिरा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका छन्।

इजरायलको आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका हुन्। गाजामा प्रभावकारी सहायता सञ्चालनका लागि सुरक्षा, सुरक्षामा काम गर्नसक्ने कर्मचारी, लजिस्टिक क्षमता र व्यावसायिक गतिविधि पुनः शुरु गर्न आवश्यक रहेको बताए।

करिव १९ लाख मानिस अर्थात् गाजाको जनसंख्याको ८५ प्रतिशतले आफ्नो घर छोड्न बाध्य भएका छन्। गुटेर्रेसले गाजामा तुरुन्तै सहायता पुर्‍याउन आह्वान गर्ने सुरक्षा परिषद्को प्रस्तावले अन्ततः मानवीय युद्धविराम हुन मद्दत गर्ने आशा व्यक्त गरे। 

यस्तै,  गाजा पट्टीमा इजरायलले क्रुरता पूर्वक आक्रमण गरिरहेको छ। जसमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुगेको छ। अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन्।

यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ। गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.