|

रौतहट : जिल्लाको वृन्दावन नगरपालिका– ८ बर्गजवा टोलबाट मंगलबार प्रहरीले तस्करीको काठ बरामद गरेको छ। रौतहट प्रहरीले ४० क्युफिट सालको काठ बरामद गरेको जनाएको छ।

बर्गजवा टोलस्थित बाटोको छेउमा रहेको परालभित्र सालको गोलिया लुकाई राखेको अवस्थामा प्रहरीले पाँच थान सालको गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। ​बरामद भएको काठ कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिल्लामा पछिल्लो समय काठ चोरी बढेको छ। गत पुस १६ गते रौतहट वनबाट अत्यधिक काठ तस्करी भएको वृन्दावन–१ का  राजनीतिककर्मी सुरेश पटेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.