|

विराटनगर : स्रोत नखुलेको रकमसहित सुनसरीबाट सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बुधवार सुनसरीको भोकानसिंह गाँउपालिका–६ फुलचोकबाट नगद २१ लाख ५७ हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकही सुनसरीबाट खटिएको टोलीले कोशी गाँउपालिका–३ का अन्दाजी वर्ष २७ का वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो।

राउतको साथबाट स्रोत नखुलेको नेपाली मुद्रा २१ लाख ५७ हजार बरामद गरेको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले जानकारी दिए।

उनका अनुसार राउत प्रदेश १–०२–०५३ प. १९५६ नम्बरको मोटरसाइकलमा पूर्वपश्चिम राजमार्ग हुँदै इनरुवातर्फ जाँदै गरेको अवस्थामा टोलीले रोकि जाँच गर्दा उनको साथबाट उक्त स्रोत नखुलेको मुद्रा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

बरामद मुद्रा तथा मोटरसाइकलसहित राउतलाई आवश्यक छानबिन तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको एसएसपी कर्णजीतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.