|

काठमाडौं : शहरी विकासमन्त्री सीता गुरुङले स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्नेमा जोड दिएकी छन्।

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नवौं नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा हुने विकास निर्माणका कार्यमा स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्ने बताएकी हुन्। उहाँले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विभिन्न काष्ठसम्बन्धी सामग्रीहरुको उत्पादन बढीरहेको र नेपालमै काष्ठसम्बन्धी उद्योगहरु बढाउनुपर्ने बताइन्। काष्ठसम्बन्धी उद्योग र यस्ता मेलाहरुलाई सहुलियत दिइरहेको पनि बताइन्।

उजले नेपालमा काष्ठसम्बन्धी बनेका सामग्रीहरुको प्रचार नेपालमा हुन नसकेकाले आगामी दिनमा यसको प्रचार बढाउँदै लैजानुपर्ने बताइन्।

उनले भनिन्, ‘हामीले चाहने हो भने असम्भव केही छैन भन्नेकुरा यहाँबाट प्रमाणित हुन्छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसारको डिजाइन,तयारी गर्न सकिन्छ भन्नेकुरा देखिन्छ। इण्डस्ट्रीहरु नेपालमा पनि खडा गर्नुपर्छ भन्नेकुराको राज्यले गर्नुपर्ने सहयोग गरिरहेको छ। पूर्वाधार विकासको काममा स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्छ। निर्णय पनि गरेका छौँ। तर अहिले नै प्रचारमा पनि र सूचनामा पनि नजिक पुग्न सकिएको छैन।'

मन्त्री गुरुङले नेपाली बजारमा अन्तर्राष्ट्रिय सामग्री नै बढी खोज्ने कुराले स्वदेशमा उत्पादित वस्तुमा बढी बजार र पहिचान पाउन नसकेको बताइन्। मेला तीन दिनसम्म सञ्चालन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.