|

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका नाममा ऐन संशोधन गर्ने विधिलाई मिच्न नहुने बताएका छन्।

शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले सरकारले ऐन संशोधन गर्ने विधि र परम्परा मिच्दै पछिल्लो समय केही नेपाल ऐन संशोधनको नाममा १५० भन्दा बढी सबै खालका कानूनलाई एकै ठाउँमा राख्ने प्रवृत्तिले विकृति ल्याउने दाबी गरे।

उनले आवश्यक संशोधनका लागि मन्त्रालयगत छुट्टाछुट्टै ऐनका रूपमा ल्याउन आवश्यक रहेको बताए। उनले सरकारले ऐन संशोधनमा ल्याएको विकृतिमा सांसदहरू आए पनि नआए पनि संशोधन हाल्ने र कतिपय कुरा बाहिर प्रचार गर्ने गरेको स्वीकार गरे।

उनले केही नेपाल ऐन संशोधनमा सरकार र सांसदहरू मिसिएको ठाउँमा अहिलेको केही नेपाल ऐन संशोधनमा संघीय संसद् पनि मिसिएको बताए। उनले कानून बनाउने कुरालाई सरकार र सांसद सबै मिलेर विकृत बनाउन थालिएको भन्दै सुधार गर्न आवश्यक देखिएको बताए।

उनले भने, ‘सबै मिलेर कानून बनाउने कुरा विकृत बनाउन थाल्यौँ। सरकारलाई स्पष्ट रूपमा भन्नुपर्ने वेला भएको छ। हाम्रा कानून बनाउने विधि र परम्परालाई उल्झन नगरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत आउँदा केही मिलाउनुपर्ने छ भने लिएर आउनुस् होइन भने जुन मन्त्रालयको हो। त्यही मन्त्रालयमार्फत ल्याउनु भन्नुपर्ने भयो।’

उनले कानून बनाउने विधि र परम्परालाई उल्लंघन नगरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत आउन सरकारलाई स्पष्ट रुपमा समितिले भन्नुपर्ने वेला भएको बताए। उनले औषधि ऐन, २०३५ मा धेरै संशोधन गर्न आवश्यक रहेको भन्दै आफूले सोही ऐनमा व्यवस्था भएका ऐन संशोधन पेश गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.