|

इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गरेका छन्।

फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री स्टेफेन सेजोर्नसँग कायरोमा भएको बैठकमा सिसीले यो टिप्पणी गरेका हुन्। समस्या समाधानका लागि दुई राज्यबीच समाधानलाई पुनर्जीवन दिने सम्झौता हुन आवश्यक रहेको बताए। 

उक्त बैठकले गाजा पट्टीमा युद्धविराम गर्न र गाजाका जनताले भोग्दै आएको गम्भीर मानवीय विपत्तिको अन्त्य गर्न मानवीय सहायता र राहतमा पहुँच प्रदान गर्न केन्द्रित भएको बताइएको छ। 

वार्ताले सान्दर्भिक अन्तर्राष्ट्रिय संकल्पको कार्यान्वयनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ। फ्रान्सेली मन्त्रीले इजिप्टसँग स्थायी युद्धविराम र बन्दीको आदानप्रदानको लागि समन्वय गर्न आफ्नो देशको प्रतिबद्धता जनाए। 

दुई देशले द्वन्द्वको विस्तार रोक्न महत्वपूर्ण रहेको बताए। दुवै पक्षले प्यालेस्टिनीलाई आफ्नो भूमिबाट विस्थापन गर्ने कुनै नीति स्पष्ट रूपमा अस्वीकार गर्ने बताए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.