|

जनकपुरधाम : मधेश सरकारका मन्त्रीले आफ्नो तलबबाट दुग्धजन्य पदार्थ किन्नैपर्ने निर्णय भएको छ। खपतभन्दा बढी दूध संकलन हुन थालेपछि मधेश सरकारले यस्तो निर्णय गरेको हो।​

डिडिसीको मधेश प्रदेश संकलन केन्द्र जनकपुरमा दैनिक ४-५ हजार लिटर दूध संकलन हुने र एक हजार लिटर मात्रै विक्री हुने गरेको छ।

मधेशको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव र कर्मचारीले हरेक महिनाको तलबबाट अनिवार्य डिडिसीको घ्यू किन्नैपर्ने निर्णय गरिएको छ।

विभागीय मन्त्रीले मासिक ५ दिन, सचिवले ३ दिन र ११, १० तथा ९ औँ तहका कर्मचारीले २ दिनको तलबका साथै सोभन्दा तल्लो तहका कर्मचारीले एक दिनको तलबबापतको घ्यू किन्नैपर्ने निर्णय गरिएको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दप्रसाद न्यौपानेले बताए।​

डिडिसीको मधेश प्रदेश संकलन केन्द्र जनकपुर दुग्ध वितरण आयोजना प्रमुख दिनेशकुमार जोशीले दुग्ध खपत हुन नसकेपछि जनकपुरधाममा भण्डारण क्षमताको अभावमा विराटनगरस्थित प्रदेश संकलन केन्द्रमा पाउडर र मखन बनाएर राख्नुपर्ने बाध्यता रहेकाले मधेश सरकारसँग सहयोग माग्दा यस्तो निर्णय भएको बताए।

घ्यू र मखन राख्न माइनस १८ डिग्रीको वातानुकूलित भण्डार आवश्यक भएकाले तत्काल घ्यूमखन खरिद गर्न यस्तो निर्णय गर्नुपरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.