|

काठमाडौँ : नेकपा एमाललेले एकै व्यक्ति वा समूहको बैंक वित्तीय संस्थामा स्वामित्व र व्यवसायी हुँदा अर्थतन्त्र धराशायी बन्ने भन्दै प्रश्न उठाएको छ।

आइतवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्दै यस्तो विषय उठान गरेको हो। एमालेले मुलुकमा एउटा मात्रै पारिवारिक समूहको स्वामित्वमा बैंक, बीमा लगायत वित्तीय संस्था रहने र त्यही समूह नै आयात व्यापार, उद्योग, घरजग्गा, धितोपत्र कारोबार हुँदा ऋणको हिंसा एकै ठाउँमा रहँदा अर्थतन्त्र संकटमा पर्ने आरोप लगाएको छ।

एमालेले एउटै पारिवारिक स्वामित्वमा वित्तीय संस्था र व्यापार उद्योग हुँदा आगामी दिनमा मुलुकको अर्थतन्त्रको भविष्य जोखिमपूर्ण हुने अवस्था देखिएको बताएको छ। एमालेले एक अमूक समूहभित्र एउटा कारोबार बिग्रिँदा समग्र कारोबार नै संक्रामक रोग जस्तै अन्य पारिवारिक समूहलाई समेत नकारात्मक असर परी देशको अर्थतन्त्र नै धराशायी बन्नसक्ने गम्भीर मोडमा पुगेको जिकिर गरेको छ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्रीलाई यस्तो प्रश्न गरेका हुन्। उनले एक अमुख पारिवारिक स्वामित्वमा सबै कुरा रहँदा निक्षेपकर्ताको निक्षेप डुब्ने, अन्य लगानीकर्ताले लाभांश नपाउने, श्रमिकको रोजगारी गुम्ने र सरकारले राजस्व गुमाउने परिस्थिति बन्ने बताए। उनले यस्तो परिस्थिति आए देशको अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्ने दाबी गरे।

उनले यस्तो सम्भावित जोखिमबाट देशलाई जोगाउन आगामी दिनमा सरकारले कस्तो कदम चाल्दैछ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे।

विष्टले भने, ‘नेपालमा एउटै परिवारिक समूहको स्वामित्वमा बैंक, बीमा लगायतका वित्तीय संस्था, आयात, व्यापार कलकारखाना, घरजग्गा कारोबार, धितोपत्र कारोबार र ऋणको ठूलो हिंसा केन्द्रित हुँदै जाने प्रवृत्ति बढ्दो छ। यो प्रवृत्ति अर्थतन्त्रको भविष्यका लागि निकै जोखिमपूर्ण छ। यस्तो सम्भावित जोखिमबाट देशलाई जोगाउन आगामी दिनमा सरकारले कस्तो कदम चाल्दै छ?’

प्रधानमन्त्री पुष्पकमल दाहालले बिष्टले गरेको प्रश्नको उत्तर दिँदै एकै व्यक्ति वा समूह बैंक र व्यवसायी हुँदा आउनसक्ने समस्या निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताए। उनले यस्ता दिशामा थप नीतिगत र कानूनी सुधारका कार्य सरकारले गरिरहेको दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.