|

काठमाडौँ : देशभरका लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन्। न्याय नपाएको भन्द विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौँ आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालको ब्यानरमा आन्दोलन गरिरहेका छन्।

लघुवित्त पीडितहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनका लागि काठमाडौँ केन्द्रित आन्दोलन शुरु गरेको बताउँदै बताएका छन् । बुधवार सयौँ लघुवित्त तथा वित्तीय पीडितले काठमाडौँको गौशालामा जम्मा भइ बालुवाटार पुगेर प्रदर्शन गरेको थिए।

पीडितहरु गौशालाबाट कालोपुल हुँदै बालुटारसम्म पुगेका थिए। सरकारले समिति बनाएर केही काम नगरेको भन्दै उनीहरुले पुनः सरकारलाई झक्झकाउन काठमाडौँ आउनुपरेको बताए।

पीडितहरुले हाम्रो माग पूरा गर, राष्ट्र बैंकका गभर्नर राजीनामा दे, लघुवित्त ऋण मिनाहा गर, दिदीबहिनी ठग्न पाइँदैन, धितो लिलाम फुकुवा गर, वित्तीय आतंक बन्द गर जस्ता नारा लगाएका थिए 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.