|

बैतडी : बैतडीका राजमार्गमा हिमपात भएको छ। दशरथचन्द र जयपृथ्वी राजमार्गमा बिहीवार दिउँसो हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

राजमार्गका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायतका स्थानमा हिमपात भएको हो। हिमपातका कारण केहीबेर राजमार्ग अवरुद्ध भए पनि पछि सञ्चालनमा आइसकेको ट्राफिक प्रहरी पोष्ट खोडपेका प्रहरी जवान शेरसिंह विष्टले बताए।

यसैबीच हिमपात भएसँगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी भएका छन्। हिमपातले चिसो भने बढेको छ।

चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। चिसोको समयमा तातो झोलिलो खानेकुरा सेवन गर्न र न्यानो लुगा लगाउन स्वास्थ्यकर्मीको सुझाव रहेको छ।

बैतडीमा दोस्रोपटक हिमपात भएको हो। यसअघि माघ १८ गते पनि हिमपात भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.