|

काठमाडौँ : राष्ट्रियसभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेकी छन्।

शुक्रवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आरति साह र मिटरब्याजपीडितलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठ र बालकुमारी घटनाका दोषी ठहर भएको हुनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेकी हुन्।  सांसद दाहालले वर्तमान सरकार पूरै असफल भएको जिकिर गरिन्।

उनले भनिन्, ‘सरकार आलटाल गरिरहेको छ। मन्त्रीले राजीनामा दिनुपर्दैन ? आज आरति साहको परिवारले न्याय पाउन सकेको छैन। उनीहरू न्यायको माग गरिरहेका छन्। गृहमन्त्री कहाँ हुनुहुन्छ, उहाँले के गर्नुभयो ? आज न आरतीय साहको परिवारले न्याय पाउन सक्यो, न मिटरब्याजीहरूले न्याय पाउन सके। न बालकुमारी घटनाका पीडतले न्याय पाउने सके। यो सरकार असफल भएको छ। असफल सरकारका गृहमन्त्रीको राजीनामा माग्छु। बालकुमारी घटनाका दोषी मन्त्रीलाई स्पष्टीकरण पनि सोधिँदैन। उहाँको पनि म राजीनामा माग गर्छु।’

सांसद दाहालले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई स्पष्टीकरण नलिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आलोचना गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.