|
सांकेतिक तस्वीर

काठमाडौँ : पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरुको तेस्रो अन्तरराष्ट्रिय सम्मेलन आज (बिहीवार) यहाँ शुरु भएको छ।

सम्मेलनमा नेपालसहित भारत, श्रीलंका, थाइल्याण्ड, जापान, संयुक्तराज्य अमेरिकालगायत देशका करिब १२५ जना चिकित्सक सहभागी छन्।

सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी संघ नेपालका अध्यक्ष एवं सम्मेलन आयोजक समितिका संयोजक प्राडा मुकुन्दराज जोशीले सम्मेलनमा पेट तथा आन्द्रासम्बन्धी रोगका विषयमा प्राप्त नयाँ ज्ञान, अनुभव र अन्तरराष्ट्रिय अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए।

उनले वंशाणुगतसहित खानपान र वातावरण परिवर्तनबाट पेटसम्बन्धी रोगको समस्या देखिने गरेको जानकारी दिँदै खानामा लापरवाही र सन्तुलित आहारका कारण अन्य रोगका तुलनामा पेटसम्बन्धी रोगबाट अत्यधिक मानिस प्रभावित हुने गरेको जानकारी दिए।

सम्मेलनमा पेट तथा आन्द्रा रोगको पहिचानसम्बन्धी विशिष्टीकृत उपकरण र प्रविधि, शल्यक्रिया विधि, उपचार पद्धतिलगायत विषयमा विस्तृत छलफल हुने प्राडा महेश खकुरेलले बताए। 

विदेशका समेत गरी करिब सय चिकित्सकले एकल एवं संयुक्तरूपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सम्मेलन भोलिसम्म चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.