|

काठमाडौँ : सत्तारुढ नेकपा माओवादी केन्द्रमा गुटको लडाइँ सुरु भएको छ। 

दोस्रो तहका नेताहरूमा गुटको लडाई सुरु भएको हो। खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णय स्थायी समितिले अनुमोदन गरेसँगै लडाई सुरु भएको हो।

भट्टले स्थायी कमिटी बैठकको निर्णय आफ्नो राजनीतिक र व्यक्तिगत जीवन समाप्त पार्ने डिजाइनअन्तर्गत भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर चार बुँदे प्रश्नसमेत सोधेका छन्।

आफ्नाविरुद्ध प्रदेशमा भएको निर्णय स्थायी कमिटीले सदर गरेपछि भट्ट आक्रोशित भएका हुन्। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेताहरुको कार्यविभाजनमा असहमति जनाउँदै फरक मत नै राखेका छन्। ​सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई इन्चार्ज बनाइएकोमा उनले असहमति राखेका हुन्।

माओवादी स्थायी कमिटी बैठकले मधेश तराईं राष्ट्रिय जागरण अभियान चैत १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। यसअघि चैत १ गतेदेखि नै सुरुगर्ने भनिएता पनि तयारी अपुग हुने भएकाले १५ दिन सारिएको प्रवक्ता सापकोटाले बताए। 

वैशाख १५ गतेदेखि हिमाल पहाड मधेश एकता अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ। यस्तै मिटरव्याज र लघुवित्त पीडित र दुग्ध किसानका समस्याबारे वार्ता भइरहेकाले त्यसलाई सार्थक निष्कर्षमा पुर्‍याउन पनि स्थायी समितिले सरकारको ध्यानाकर्षण गराएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.