|

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोर्खा सैनिकका जायज माग बेलायतले सम्बोधन गर्नुपर्ने बताएका छन्।

आइतवार बसेको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल र बेलायत सरकारबीच फेब्रुअरी २१ मा बसेको प्राविधिक समितिको बैठकमा गोर्खा सैनिकका माग सम्बोधन गर्न केही प्रगति भए पनि समान पेन्सन लगायतका मुख्य माग सम्बोधन हुन बाँकी रहेको जिकिर गरे।

उनले समितिको अर्को बैठक २०२४ का मार्च २७ मा लण्डनमा हुने र त्यस वेला आफूले भूतपूर्व गोर्खा सैनिकका मागबारे कुरा उठाउने बताए। उनले नेपालले ब्रिटिश गोर्खाको मुद्दा प्राथमिकताका साथ उठाउने गरेको बताए। उनले नेपाल सरकारले भूतपूर्व गोर्खाले न्याय पाऊन् भन्ने जिकिर गरे।

उनले भने, ‘प्राविधिक समितिको पछिल्लो बैठक फेब्रुअरी २१ मा भएको थियो। यो बैठकबाट गोर्खा सैनिकका माग सम्बोधन गर्न केही प्रगति भए पनि समान पेन्सन लगायतका मुख्य माग सम्बोधन हुन बाँकी छन्। बेलायती रक्षामन्त्री महामहिम ग्राण्ड स्याप्सले गोर्खाको मुद्दा टुंग्याउन समितिले सहयोग गर्ने विश्वास दिनुभएको थियो। गत महिना बेलायती सेनाप्रमुख सर पेट्रिक स्ट्याण्डर्सको नेपाल भ्रमणमा वेला पनि यो कुरा उठाइएको छ।’

मन्त्री साउदले गत सातामात्र विदेश मन्त्रालय अन्तर्गतका विकास राज्यमन्त्री एन्ड्रयु मिचेलको नेपाल भ्रमणमा आफू र प्रधानमन्त्री पुष्पकमल दाहालले समेत भूतपूर्व गोर्खाको विषय उठाएको बताए।

उनले गत महिना बेलायती सेनाप्रमुख सर पेट्रिक स्ट्याण्डर्सको नेपाल भ्रमणका वेला भेटवार्तामा पनि उक्त विषय उठाएको र बेलायत सरकार सकारात्मक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.