|
फाइल तस्वीर

काठमाडौँ : मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान अवरुद्ध भएको छ। हिजो (शनिवार) देखि मौसम बिग्रिँदा सोलुखुम्बुका लुक्ला र फाप्लु विमानस्थलमा हवाईजहाज उडान र अवतरण हुन सकेका छैनन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले काठमाडौँको त्रिभुवन विमानस्थलमा उडान र अवतरण नरोकिए पनि हिमाली जिल्लाका विमानस्थल लुक्ला र फाप्लुमा विमान उडान र अवतरण हुन नसकेको जनाएको छ।

विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान र अवतरण हुन नसकेको हो। उडान नहुँदा ती ठाउँमा पर्यटक अलपत्र परेका छन्। 

अहिले कोशी र मधेश प्रदेशबाहेक सबै प्रदेशमा सामान्य वर्षा भइरहेको छ। कोशी र मधेशमा भने मौसम आंशिकदेखि पूर्णतया बदली भएको महाशाखाले जनाएको छ। 

मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले कोशी र मधेश प्रदेशबाहेक बाँकी पाँचै प्रदेशमा सामान्य वर्षा भएको छ। 

मौसमविद् मानन्धरका अनुसार पाँच प्रदेशमा रातिसम्म सामान्य वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको पनि उनले बताइन्। भोलि (सोमवार) विहानदेखि मौसममा क्रमशः सुधार हुँदै जानेछ। 

मौसमविद् मानन्धरले गएको २४ घण्टामा सबैभन्दा बढी पानी मनाङमा परेको बताइन्। उनका अनुसार मनाङको गोगामा ४०.४ मिलिमिटर पानी परेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.