|

काठमाडौँ : सत्ता समीकरण फेरेको तीन दिनमा सरकारले थप २ हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ। 

विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरुप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेका व्यक्तिको नाम दुई महिनापछि उक्त नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वकै सरकारले एक वर्षअघि गत फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका ८ हजार ४६७ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको थियो। 

योसँगै दुई पटकमा प्रचण्ड सरकारले ११ हजार १४१ जना सहिदको नामावली राजपत्रमा प्रकाशित गरेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.