|
फाइल तस्वीर

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता हुनासाथ मन्त्री छाड्नुपर्ने भए देशमा मन्त्रीसँगै संसद् सबै खाली हुने बताएका छन्।

धनगढीमा आज (मंगलवार) प्रेस चौतारीले गरेको संक्षिप्त पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री ओलीले आरोप लाग्दैमा कोही दोषी नहुने जिकिर गरे। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिरहेको सन्दर्भमा ओलीले भने, “उजुरी दर्ता तपाईंको नाममा पनि हुनसक्छ, उजुरी दर्ता हुँदैमा मन्त्री नहुने हो भने नेपालमा मन्त्री, सांसद सबै खाली हुन्छ।”

उनले गृहमन्त्री लामिछाने सहकारीका सञ्चालक र सदस्य नरहेको जिकिर पनि गरे। उनले भने, “नेपाली कांग्रेसतिर नलाग्दा उहाँको बदनाम गर्न खोज्ने, फसाउन खोज्ने काम गरिएको छ।”

उनले कांग्रेसमाथि सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गरिरहेको आरोपसमेत लगाए। एमाले अध्यक्ष ओलीले प्रदेश सरकारका विषयमा छलफल भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.