|

काठमाडौं : शान्तिनगरमा बुधबार बिहान मोटरसाइकलले ठक्कर दिँदा चालकसहित तीनजना घाइते भएका छन्।

तीनकुनेबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३८ प ९३४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी र काभ्रेकी २६ वर्षीया विमला तामाङ घाइते भएका हुन्। ठक्कर दिने मोटरसाइकल चालक काभ्रेका ३२ वर्षीय देवकुमार तामाङ पनि घाइते भएका छन्।

जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा शिवाकोटी र तामाङलाई मोटरसाइकलले बिहान साढे ५ बजेतिर ठक्कर दिएको हो।

घाइते तीनैजनाको उपचार मीनभवनस्थित सिभिल अस्पतालमा भइरहेको बानेश्वर प्रहरी वृत्तका प्रहरी सहायक हवलदार सुरेश अधिकारीले जानकारी दिए। उनीहरूको अवस्था सामान्य रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.