|
file photo

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पतन भएको टिप्पणी गरेका छन्। काँग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने भएपछि पुराना कम्युनिष्ट नेता सिंह अहिले छाती पिटेर रोइरहेको ओलीको भनाइ थियो।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको एक कार्यक्रममा उनले श्रीमती पौडेलले पद नपाउने देखेपछि रोइ कराई गर्न लागेका सिंह केका लागि जीवनभर कम्युनिष्ट भएका रहेछन्? भन्ने कुरा पनि पर्दाफास भएको दाबी गरे।

उनले सिंह निराश र हतोत्साही भएपछि के टिप्न पाइन्छ भनेर काँग्रेसको पछि लागेको आरोप लगाए।

उनले भने, ‘एकजना आफूलाई कम्युनिष्ट भन्ने पुराना नेता छन्। तपाईहरुले पनि चिन्नुहुन्छ होला। मोहन विक्रम सिंह नाम हो उहाँको। अहिले काँग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटिपिटी रोएर उधुम छ बुढाको। काँग्रेस बाहिर रह्यो सरकारबाट। काँग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रिय सभामा मनोनित गरेर पठाउथ्यो होला सम्झिन्छन्। फेरी ग्वाग्वा रुन्छन्। छाती पिट्छन्। त्यसरी पतन हुँदो रहेछ मान्छे।'

अध्यक्ष ओलीले सिंहको उदाहरण दिँदै पार्टी काममा सफलता हासिल नगरे निराश हुनेतर्फ पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.