|

कर्णाली : चिकित्सा शिक्षाका क्षेत्रमा  सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  (बीपीकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ। दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो।  

तीनवटै प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिपिकेआईएचएस  र न्याम्ससँग, बीपीकेआईएचएसले कर्णाली र न्याम्ससँग, न्याम्सले कर्णाली र बीपीकेआईएचएससँग सम्झौता गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले जानकारी दिए। 

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी शैक्षिक प्रतिष्ठानलाई प्रभावकारी रूपमा अघि बढाउन आपसी सहयोग र सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे। प्रतिष्ठानले स्वास्थ्य शिक्षा र सेवामा पुर्‍याएको योगदानको उनले सराहना गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.