काठमाडौं : जनकपुरधामसहित मिथिला क्षेत्रमा मंगलबार हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ।
जनकपुरधामसहित मिथिला क्षेत्रमा १५ दिने मिथिला माध्यमिकी परिक्रमा समापन भएसँगै होली मनाउने परम्परा छ।
मिथिला क्षेत्रमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा शुरु भएसँगै होली अर्थात् फागु पर्व मनाउने परम्परा छ। यसअघि पहाडी क्षेत्रमा फाल्गुण शुक्ल पूर्णिमाको दिन आइतबार र तराई-मधेशका विभिन्न जिल्लामा सोमबार फागु पर्व मनाइएको थियो।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको दिनको रूपमा फागु पर्व मनाउने चलन छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।