|

काठमाडौं : भारतमा जारी फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज बरोडासँग खेल्दैछ। 

लिग चरणको अन्तिम खेल नेपाली समय अनुसार पौने ३ बजे मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ। 

नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरातले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ। बरोडाले आफ्ना यसअघिका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ। त्यसैले यस खेलको नतिजाले कुनै फरक नपार्ने भएको छ।

डबल राउन्ड रोबिनको आधारमा भएको खेलको फाइनल आइतबार हुनेछ। नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो। त्यसपछि नेपाल त्यहिँबाटै ओमान जानेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.