|

राजविराज : सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा भएको भीषण आगलागीमा परेका पीडित परिवारका लागि आज निःशुल्क प्राथमिक उपचार गरिएको छ ।
    

महादेवा गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्निपीडितको लागि निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरेको हो। आगलागी भएको घटनास्थलमा नै गएर आयोजना गरिएको निःशुल्क उपचारमा डाक्टर, स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोग छ।

जनस्वास्थ्य निरीक्षक भोलाकुमार यादवका अनुसार आगलागीबाट प्रभावित भएका चिम्टीका अग्निपीडितका लागि निःशुल्क उपचार सेवा दिन लागिएको छ। उनले सो क्रममा चार जना आगोबाट हात, खुट्टा र छाला जलेर घाइते भएका पीडितको उपचार गरिएको बताए। त्यहाँ एकसय भन्दा बढी घर जलेका छन्।

साथै आगलागीको क्रममा चोटपटक लागेका, अत्यधिक गर्मीका कारण हुने झाडापखालाका बिरामी र शरीरमा जलन हुने बिरामी बढी उपचारका लागि आएका बताइएको छ ।

त्यस्तै बालबालिकाको समेत उपचार गरी उनीहरुलाई निःशुल्क औषधि दिइएको स्वास्थ्य निरीक्षक यादवले जानकारी दिए।

करिब ९७ जना व्यक्तिको आज उपचार गरिएको र वैशाख ३१ गतेसम्म आगलागी भएको क्षेत्रमा निःशुल्क उपचार जारी राखिने स्वास्थ्य चौकी पकरीका  इञ्चार्ज सिनिएर अहेव उमेश यादवले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.