|

काठमाडौं : यूईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमण्डले अग्रता लिएको छ। घरेलु मैदानमा गएराति भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १-० हराएको हो।

डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे। गोल खाएपछि पीएसजीले खेलमा निकै मौकाहरु खेर फाल्यो। डर्टमुण्डले पनि अग्रता बढाउने अवसरहरुको सदुपयोग गर्न सकेन।

५१औं मिनेटमा लगातार दुई पटक पिएसजीका किलियन एम्बाप्पे र अचर्याफ हकिमीले पोस्टमा प्रहार गरेका थिए। ५६औं मिनेटमा फाबियान रुइजले हेडर पोस्ट तर्फ प्रहार गर्न सकेनन्।

६०औं मिनेटमा डर्टमुन्डका जेडन सान्चोको पासमा फुलक्रुगले बक्स भित्रबाट पोस्टभन्दा माथि प्रहार गरे। छ मिनेटपछि उनकै हेडर प्रयास पनि पोस्ट भन्दा माथिबाट बाहिरियो।

दोस्रो लेग अर्को हप्ता पिएसजीको मैदानमा हुनेछ। यस टाईको विजेताले उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेताविरुद्ध खेल्नेछ।

यी दुई टोली बीचको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.