|

काठमाडौं : गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो।

गृहमन्त्रीले जवाफ दिइसके पछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने र नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।  

विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए।

सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो।  गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो। तर संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.