|

चीनको कुल स्थापित ऊर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ। एक वर्ष अघिको तुलनामा चिनियाँ ऊर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्याङ्कले देखाएको छ।

वायु ऊर्जा र सौर्य ऊर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु ऊर्जा लगभग चार करोड ६० लाख किलोवाट ९२०.६ प्रतिशत र सौर्य छ करोड ७० लाख किलोवाट ९५२.४ प्रतिशत पुगेको छ।

जनवरीदेखि अप्रिलसम्म चीनमा प्रमुख उर्जा उत्पादन उद्यमहरूले कुल १९१.२ अर्ब युआन (करिब २६.८९ अर्ब अमेरिकी डलर) को ऊर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए। एक बर्ष पहिले लगानीमा ५.२ प्रतिशतले वृद्धि भएको थियो।

विद्युत ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२.९ अर्ब युआन थियो। यो वर्षको सोही अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.