|

काठमाडौँ : सहकारीको पैसा हिनामिनाबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीचको छलफल सकारात्मक भएको कार्यदलका सदस्यहरूले दावी गरेका छन्।

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलले कार्यादेशबारे लगभग टुंगो लगाइसकेको छ।

यसलाई शनिबार साँझ बालुवाटारमा बस्ने शीर्ष नेताहरूको बैठकले अन्तिम रूप दिने उनले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.