|

काठमाडौं : भारत गुजरातको एक व्यापारिक मलमा भएको आगलागीमा परी २८ जनाको मृत्यु भएको छ।

राजकोटस्थित टीआरपी मलको गेमिङ जोनमा आगलागी भएको हो। आगलागीमा परेकामध्ये अधिकांश १२ जना बालबाललिका रहेको गुजरातका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

शरीर जलेकाले मृतकहरुको पहिचान हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ। आगलागीको कारण खुलेको छैन। 

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले अनुसन्धानका लागि विशेष टोली बनाएको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख र घाइतेलाई ५० हजार सहयोग गर्ने आश्वासन दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.