|

काठमाडौं : पत्रकार कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाइँदैछ।

प्रेस सेन्टर नेपालले केन्द्र, प्रदेश र जिल्ला शाखाले प्रभातफेरी, अन्तरक्रिया, पत्रकार सम्मान लगायतका कार्यक्रम गरी जनपक्षीय पत्रकार र प्रगतिशील साहित्यकार सेनको स्मृति दिवस मनाउन लागेको हो। महासचिव सन्तोष पौडेलका अनुसार केन्द्रको आयोजनामा काठमाडौं बबरमहलबाट प्रभातफेरी निकालिएको छ । 

जनादेश साप्ताहिकका सम्पादक रहेका उनलाई जेठ ७ गते काठमाडौंबाट पक्राउ गरिएको थियो। गिरफ्तारीपश्चात् महेन्द्र पुलिस क्लबमा हिरासतमा चरम यातना दिँदा २०५९ जेठ १३ गते उनको मृत्यु भएको थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.