|

काठमाडौं : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गरेको आरोप लगाएका छन्। 
उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दुराशयी ढंगले पक्राउ गरेकोदाबी गरे।

सोमबारर काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शाीन्त प्रतिष्ठानले आयोजना गरेको ‘गणतन्त्र दिवस संविधान कार्यान्वयनः दलको उदासिनताका वा सरकारको ?’ विषयक गोष्ठीमा सिटौललो अदालतलाई दोष दिएर सरकार उम्किने ठाउँ नरहेको बताए। 

‘अदालत आफैँ एक्टिभ भएको हो त!, अदालतले पक्राउ गर भनेर पुलिसलाई निर्देशन दिएको होइन नि । सरकार एक्टिभ हो । अदालतलाई दोष दिएर उम्किने ठाउँ सरकारको छैन’, उनले भने, ‘अत्यन्त दुराशय ढंगले जुन परिस्थितिमा पक्राउ गर्नुभयो, जुन तरिकाले पक्राउ गरेर जसरी हिरासतमा राखिएको छ र अनुसन्धान भइरहेको छ, त्यसको निस्कर्षमा भन्ने हो भने कानूनको कपटपूर्ण प्रयोग भयो।’

सिटौलाले संसद सामान्य कुरालाई लिएर अवरुद्ध भइरहेको बताए। उनले विगतका घटना नियालेर गृहमन्त्रीले आफैँले संसदीय छानबिन समिति बनाउन मार्गप्रशस्त गर्नुपर्नेमा अटेरी मानसिकता राखेर बस्नुले पनि उनीविरुद्धको आरोप प्रमाणित भइसकेको तर्क गरे।

‘विगतका मन्त्रीहरूका बारेमा पनि जब प्रश्न उठ्थ्यो, संसदीय छानबिन समिति बन्ने गरेकै हो। त्यस्तै गरौँ भनेको त हो नि!’, उनले भने, ‘ यो पनि उठ्ने थिएन होला, सायद उहाँ गृहमन्त्री नबनेर अर्कै मन्त्री बन्नुभएको भए। प्रहरीले उहाँमाथि आफैँ अनुसन्धान गर्थ्यो होला। अनुसन्धान गर्ने निकाय प्रहरी नै हुन्छ, प्रहरी गृहमन्त्रीकै मातहतमा हुन्छ । प्रहरी प्रभावित स्वतः भइहाल्यो।’ 

नेता सिटौलालेनेपाली काँग्रेस व्यक्तिगत रुपमा कुनै पूर्वाग्रह राखेर अघि नबढ्ने पनि दाबी गरे। संविधानमा उल्लेख गरिएका नागरिक हक कार्यान्वयन भए वा भएनन् भन्नेबारेमा सबैले समीक्षा गर्न आवश्यक रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.