|

काठमाडौं : संसदीय छानबिन समितिको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेताहरूको बैठक शुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक शुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार सहभागी छन्। यस्तै एमालेबाट कानूनमन्त्रीसमेत रहेका पदम गिरी र  महेश बर्तौला सहभागी छन्।

माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियार लगायत छन्। बैठकमा कार्यदलमा भएका सहमति र टुंग्याउन बाँकी विषयमा छलफल हुने कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए।

यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउन भएको समझदारीअनुरूप बैठक बसेको जानकारी दिए।

कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम र नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो । सत्तापक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रिया अवरुद्ध छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.