|

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले आयुर्वेदिक विज्ञानलाई अगाडि बढाउन आवश्यक काम नगरेको बताएका छन्। नेविसंघ आयुर्वेद क्याम्पस इकाइले कीर्तिपुरमा नवआगन्तुक विद्यार्थीहरूलाई गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘आयुर्वेदिक विज्ञानलाई अगाडि बढाउन गर्नुपर्ने काम राज्य गर्न सकेको छैन। यो गर्न जरुरी छ’, उनले भने, ‘यसमा म चिन्तित छु। आयुर्वेदिकको महत्व मैले बुझेको छु।’

नेता कोइरालाले क्याम्पसको समस्याबारे आफूलाई लेखेर दिन आग्रह गर्दै समाधानका लागि आफूले पहल गर्ने बताए। अहिले युवाहरू विदेशिने क्रम बढेको प्रति चिन्ता व्यक्ति गर्दै उनले देशमै युवालाई रोजगारी र उद्यमशील बनाउन कांग्रेस लागिपरेको उनले बताए। 

‘युवाहरूको भविष्यको लागि राजनीति गरिरहेको छु। युवाहरू विदेश पलायन हुँदा अत्यन्त चिन्ता लाग्छ’, उनले भने, ‘उनीहरूलाई देशमै बसेर रोजगारीका अवसर सृजना गरेर, उद्यमशील बनाएर कसरी अगाडि बढ्ने भन्ने सोचमा कांग्रेस छ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.