|

काठमाडौं : काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडकको फुटपाथ विस्तार गर्न लागेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ। आज स्थानीय भेला भएर काठमाडौं महानगरपालिकाको उक्त कदमप्रति विरोध जनाएका हुन्।

महानगरपालिकाले ९ माघ २०८० देखि व्यापारिक क्षेत्र न्युरोडका सडक दायाँबायाँ पार्किङ हटाएको थियो।

पार्किङ हटाएपछि महानगरले पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाउन निर्माण कार्य सुरु गरिसकेको छ। खासगरी काठमाडौं महानगरपालिकाले पछिल्लो समय सरकारी जग्गा मिचेर बनाइएका अवैध घर टहरा भत्काउनेदेखि सडकमा फुटपाथ व्यापारलाई नियन्त्रण र व्‍यवस्थित पार्ने काम तीव्रताका साथ गर्दै आएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.