|

काठमाडौँ : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै पदमुक्त हुने फैसला सुनाएको छ । 

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको हो।

अदालतले उक्त विश्वासको मत अवैध ठहर गरेको हो । आदेशसँगै अब उनी पदमुक्त भएका छन् । 

अदालतले गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

नेकपा एमालेबाट मुख्यमन्त्री भएका अधिकारीले ६० सदस्य प्रदेशसभामा ३० जनाको मत पाएका थिए। 

उनको विश्वासको मतलाई सभामुखले बहुमत भनी सदर गरेका थिए।  त्यसविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे सर्वोच्चमा मुद्दा दायर गरेका थिए। 

नेता सुरेन्द्र पाण्डेको अधिकारीविरुद्ध यो दोस्रो रिट हो। यसअघिको रिट खारेज गरिएको थियो। खारेजपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.