|

काठमाडौं : पदम राई र संङ्गीता मस्राङ्गी मगरकाे सेवा–झोर्ले गीतकाे म्यूजिक भिडिओ सार्वजनिक भएको छ। गीतको शब्द पदम साधना कुलुङ र विजय मगरले लेखेका हुन्।

गायक पदम र गायिका मस्राङ्गीले गाएको गीतमा एरेञ्ज र मिक्सिङ र मास्टरिङको काम देवेश राईले गरेका छन् । गीत माहोल स्टूडिओमा रेकर्डिङ्ग गरिएको हो।

गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुमिन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् । भिडिओ निर्देशनको काम विजय मगरले नै गरेका हुन् भने दिनेश माङ्मुको कोरियोग्राफी छ । यस्तै इडिट​र कलरिङको काम अर्जुन खड्काले गरेका छन् । पोस्ड प्रोडक्सन दामी क्रिएसनले गरेको हो।

गीत फरक तवरले बनाउने कोसिस गरेको निर्माण टोलीले बताएको छ। गीतले राई र मगर समुदायलाई जोड्न खोजेको देखिन्छ । राई समुदायको साकेला र मगर समुदायको हुर्रा भाकामार्फत राई समुदायको 'ग्रिटिङ्ग्स वर्ड' सेवा र मगर समुदायको झोर्लेलाई एकैठाउँ अटाइएको छ।

भिडिओ हेर्नुहाेस्:– 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.