|

काठमाडौं : प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरुको इन्ट्रेस्टमा बनाएको आरोप लगाएका छन्। नेकपा (माओवादी केन्द्र) का ३२ जना सांसदलाई लक्षित गरेको सो बजेट अर्थमन्त्री पुनले केही व्यापारीहरुको इन्ट्रेस्टमा बनाएको उनको भनाइ थियो।

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले माओवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै सरकारले बजेट विनियोजन गरेको जिकिर पनि गरे।

उनले बजेट जसरी विनियोजन गरे पनि मन्त्रीहरुलाई कानुन नलाग्ने छुट संविधानले नै दिएको दाबीसमेत गरे।

सांसद सिंहले भने, ‘नियम, कानून मन्त्रीलाई लाग्दैन। उहाँले जति बजेट आफ्नो क्षेत्रमा लगे पनि, जे गरे पनि, जति घुस खाए पनि क्षम्य छ। यो बजेट केही व्यापारीले बनाएको छ अर्थमन्त्रीजीको इन्ट्रेस्टमा। यो बजेट माओवादी पार्टीको सिंगल ३२ जना सांसदको लागि मात्रै बनेको छ। यो २७५ जनाको यो बजट बन्छ बन्नु दिवास्वप्न हो। किनकी माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ। त्यसो भएपछि आफ्नो पार्टीले जित्न सक्ने ठाउँमा मात्रै बजेट खन्याएको छ।'

सांसद सिंहले अर्थमन्त्री पुनले बजेट विनियोजनको क्रममा निर्धारण सांसदहरुलाई बेवास्ता गरेको गुनासो पनि गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.