|

काठमाडौँ : यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अंकले घटेर २ हजार ९५ दशमलव २५ को विन्दुमा कायम भएको छ।

आज ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ७१ हजार ९९७ पटक खरिदबिक्री हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। 

सबैभन्दा धेरै लघुवित्त समूह १ दशमलव ७१ र अन्य विकास बैंक समूह १ दशमलव २० प्रतिशतले घटेको छ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै ३० करोड ४० लाख ५३ हजार ४९२ रुपैयाँ बराबरको ४ लाख ७९ हजार ९८७ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.