|

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन नसकेको बताएका छन्।

आइतवार विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमाथि जारी छलफलअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले संघीय स्तर कार्यालय समन्वय नगरिरहेको अवाज उठ्न थालेको भन्दै समयमै ध्यान केन्द्रित गर्न आग्रह गरे।

उनले तीन करोडभन्दा मुनिका सबै योजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई जिम्मा दिन आग्रह गरे। उनले कर्मचारीहरूको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति र विधि तय गर्न आग्रह गरे।

पाण्डेले भने, ‘संघीयता कार्यान्वयनका लागि समन्वय, सहजीकरण र सहयोग गरौँ। हाम्रो अहिले वास्तवमा संघीयता कार्यान्वयनमा ठिक ढंगले हाम्रो समन्वय भइरहेको छैन। संघीय स्तर कार्यालय समन्वय नगरिरहेको आवाज आइरहेको छ।’

प्रमुख सचेतक पाण्डेले सिँचाइ प्रणालीलाई पाइपमार्फत समेत अघि बढाउन र आधुनिक प्रविधि भित्र्याउन आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.