|

काठमाडौं : टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध लगातार विकेट लिएको छ।  

टस हारेर ब्याटिङ गरेको बंगलादेशको ८ ओँ विकेट पतन भएको छ। सन्दीप लामिछानेले यो खेलमा व्यक्तिगत विकेट लिँदै एक सय अन्तर्राष्ट्रिय टी–२० विकेट लिए। 

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि सोमपाल कामीले पहिलो बलमै विकेट लिएका थिए। उनले यो खेलमा २ विकेट लिएका छन्। त्यस्तै कप्तान रोहित पौडेलले २ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। 

दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालका लागि यो खेल एउटा टेस्ट टोलीलाई हराउने मौकाका रुपमा रहँने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.