|

काठमाडौं :  वेस्ट इन्डिजले टी–२० विश्वकपको पावर प्लेमा सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान बनाएको छ।  घरेलु मैदान ग्रोस इसलेटमा अफगानिस्तानविरुद्ध वेस्ट इन्डिजले सुरुका ६ ओभरमा ९२ रन  बनायो। 

यसअघि विश्वकप इतिहासमा पावर प्लेमा कुनैपनि टोलीले यति धेरै रन बनाउन सकेको थिएन। 

सुरुको ६ ओभरमा जोनसन चार्ल्सले १९ बलमा ३५ र निकोलस पुरानले १३ बलमा ३६ रन जोडेका थिए।

पहिलो चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई २ सय १९ रनको लक्ष्य दिएको छ। पुरनले ५३ बलमा ९८ रन जोडेर आउट भए। उनी जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने। यस अघि अमेरिकाका आरोन जोन्स ८० रनमा नटआउट रहेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.