|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज १८ दशमलव ७६ अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर २ हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो।

परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ। आज ३१८ कम्पनीका ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर ५८ हजार ११९ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ। 

बैंकिङ १ दशमलव १६, विकास बैंक शून्य दशमलव ८७, वित्त १ दशमलव शुन्य ४, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ८७ र लगानी समूहको उपसूचक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ।

जीवन बीमा समूह शून्य दशमलव ९८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६४ र म्युचुअल फन्ड शून्य दशमलव ७२ प्रतिशतले घटेको छ। 

निर्जीवन बीमा शून्य दशमलव ८३, व्यापार शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ।

आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ११ करोड २७ लाख ९८ हजार ७८२ रुपैयाँ बराबरका ३ लाख ६२ हजार १२४ कित्ता शेयर किनबेच भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.