|

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा डिल्लीमान तामाङ निर्वाचित भएका छन्। 

गएराति काठमाडौंमा सम्पन्न ७ औं राष्ट्रिय महाधिवेसनले तामाङको अध्यक्षमा १५१ सदस्यि कार्यसमिति सर्वसम्मत चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा सोमबले तामाङ, उपाध्यक्षहरुमा मनोज तामाङ, गोपिलाल सिङतान, बेतीबहादुर मुक्तान, हरिजंग तामाङ, अविरल जिम्बा, हिमाली गोले र प्रेमकुमार लामा निर्वाचित भएका छन्। 

यस्तै महासचिवमा लिलाकुमार घलान तामाङ, उपमहासचिवहरुमा कुबेर सिं तामाङ र दिर्गसिं मुक्तान, सचिवहरुमा मिलन तामाङ र रक्षबहादुर तामाङ(युनिक) र कोषाध्यक्षमा उषा तामाङ चयन भए। लामो समय निश्कृय रहेको माओवादीका जातिय मोर्चाहरु पछिल्लो समय पुनरजिवित हुन थालेका हुन्। 

मोर्चाको महाधिवेसनको शनिबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.