|
फाइल तस्वीर

काठमाडौँ : राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गरेकी छन्।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति बनिसक्दासमेत नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै असन्तुष्टिसमेत जनाइन्। 

उनले त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अभियोग यस्तो लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै प्रधानमन्त्री बनाउँछु भन्न केले रोक्यो भन्दै प्रश्न गरिन्। उनले प्रधानमन्त्री प्रचण्ड सत्तामा बढी केन्द्रित भएको आरोप लगाइन्।

‘म सम्माननीय प्रधानमन्त्रीलाई भन्छु यहाँबाट निकाल्न सकिँदैन? अभियोग यस्तो लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै प्रधानमन्त्री बनाउँछु भनेर प्रधानमन्त्रीले भन्न सक्नुहुन्न?‚’ उनले भनिन्, ‘के ले रोक्यो, त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्रीलाई‚ सत्ता नै ठूलो कुरा हो? आउनुस् न। अर्को चोटी बहुमत प्राप्त गरेर आउनुस्। सत्ता ठूलो कि मुलुक?’

उनले छानबिनका लागि प्रक्रियामा गएको व्यक्तिलाई संरक्षण गरेर देशमा कस्तो सन्देश दिन खोज्नुभएको भन्दै प्रश्न सोधिन्। 

‘जनताले यसले अनियमितता गर्‍यो, जनताको पैसा यसको पेटमा पर्‍यो, त्यसैले कारबाही होस् भनेर जनताले मागेको छ, सिंगो संसदले मागेको छ‚’ उनले भनिन्, ‘छानबिन गर्नुस्, राजीनामा दिन्छु भन्न नसक्ने त्यत्रो ठूलो निकायमा बसेको एउटा गृहमन्त्रीले? हामीले कस्तो मान्छेलाई संरक्षण दिएका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.