|

काठमाडौं : भत्ता बढाउने सहमतिपछि आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलन स्थगित भएको छ।

संघीय संसद सचिवालय कर्मचारी युनियन र सरकारका तर्फबाट सहजीकरण समितिबीच ११ बुँदे सहमति भएको हो।

सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने भएको छ।

‘मुलुकको अर्थतन्त्रलाई मध्यनजर गरी राजपत्राङ्कित कर्मचारीहरूका लागि मासिक ३ हजार ५ सय र राजपत्र अनङ्कित कर्मचारीहरूका लागि मासिक ३ हजार रुपैयाँ साविकको आवास भत्तामा वृद्धि गर्ने’ सहमतिपत्रमा उल्लेख छ।

सहमति बमोजिम कर्मचारीलाई प्रदान गरिँदै आएको शैक्षिक भत्तामा मासिक ३ सय रूपैयाँ बढ्नेछ। कार्यालयल समयभन्दा अगाडि वा पछाडि अतिरिक्त समयमा काम लगाए बापत कर्मचारीलाई खाजा खर्चमा दैनिक १ सय रूपैयाँले वृद्धि गर्ने सहमति भएको छ। यस्तो खाजा खर्च मासिक रुपमा उपलब्ध गराइने पनि उल्लेख गरिएको छ।

२१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.