|

रौतहट : रौतहटको बौधिमाई नगरपालिकाका नगरप्रमुख प्रदीप यादवले एकलौटी गरेको भन्दै उपप्रमुखले नगरसभा बहिष्कार गरेकी छिन्।

उपप्रमुख प्रमिला देवि जयसवालले पाँच वडा अध्यक्षसहित बहुमतका साथ नगर अधिवेशन बहिष्कार गरेकी हुन्।

नगरप्रमुख यादवले एकलौटीरुपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपप्रमुख जयसवाल बहुमत कार्यपालिका सदस्यसहित नगर अधिवेशन बहिस्कार गरेको बताइन्।

प्रमुख  यादव र उपप्रमुख जयसवाल एउटै दल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भए पनि नगरप्रमुखले मनोमानी गर्न खोजेको आरोप लगाउँदै उपप्रमुखसहितले नारा जुलुस प्रर्दशन गर्दै नगर अधिवेशन बहिष्कार गरेका थिए।

नगरप्रमुख यादवले सोमवार नगरपालिकाको सभाकक्षमा ९औँ नगर अधिवेशनका लागि आयोजना गरेको कार्यक्रममा उपमेयर जयसवालसहित ३३ जना बहुमत कार्यपालिका सदस्यले नगरप्रमुखसँग प्रतिवाद गरेका थिए।

सो क्रममा यादवले बोलाएको बाउन्सर कार्यपालिका सदस्यमाथि दुर्व्यवहार गरेको आरोप लगाइएको छ। नगरसभा बहिष्कार गर्न पुगेका बेला प्रमुख यादव र उपप्रमुख जयसवालका समर्थकबीच हात हालहालसमेत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.