|

दक्षिणी स्लोभाकियामा बस र रेल ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्। ज्यान गुमाउने बस र रेलका यात्रु हुन्।

अन्तर्राष्ट्रिय एक्सप्रेस रेल र बस बिहीबार राजधानी ब्राटिस्लाभाबाट करिब ८० किलोमिटर पूर्वमा रहेको नोभ जाम्की शहर नजिक ठोक्किएका हुन्। घटना स्थानीय समय अनुसार बेलुका ५ बजे भएको दुर्घटनामा कम्तीमा पाँचजना घाइते भएको सञ्चारमाध्यमले जनाएको छ।

दुर्घटनापछि बस दुई टुक्रा भएको थियो । घाइतेहरुको अवस्था गम्भीर छ । बस र रेलका चालक घाइते भएका छन् र उनीहरूलाई अस्पताल लगिएको बताइएको छ । 

दुर्घटनाको समयमा रेलमा करिब २ सय जना र बसमा ९ जना रहेका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.